सरकारले ल्याएको अध्यादेशका बिरुद्ध नेबिसंघको प्रदर्शन

विविध

इटहरी । नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारले ल्याएको अध्यादेशका बिरुद्ध देशका ७७ वटै जिल्लाका प्रमुख स्थानहरुमा सांकेतिक बिरोध प्रदर्शन गरेको छ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना संकटको चपेटामा परेको समयमा मुलुकको ध्यान कोरोना भाइरसबाट जनतालाई बचाउने तर्फ केन्द्रित हुनुपर्ने समयमा सरकार राजनितिक अस्थिरतामा लागेको नेविसंघको आरोप थियो।

दल फुटाउन राजनीतिक दल सम्बन्धि अध्यादेश र संवैधानिक मुल्यमान्यता माथी नै प्रहार गर्दै संवैधानिक परिषद सम्बन्धि ऐन संसोधन गर्न संसद छलेर निरंकुशता लाद्न अध्यादेश ल्याएको बताएको छ।

नेविसंघले बाध्य भएर लकडाउनमा समेत देशभरका प्रमुख स्थानहरुमा ५ जनामात्र भेला भइ कम्तीमा १ फिटको दुरी कायम गर्दै प्लेकार्ड र कालो झण्डा देखाउदै सांकेतिक बिरोध प्रदर्शन गरेको हो।