“SmartMoney Update: बैंकहरूले मंसिरका लागि पनि घटाए ब्याजदर”

बैंक/वित्त

काठमाडौं, मंसिर महिनाको लागी बैंकहरूले फेरि एकपटक स्थायी निक्षेप (FD) मा दिइने ब्याजदर घटाएका छन्। कात्तिकमा ५.२०% रहेको औसत व्यक्तिगत मुद्दती ब्याजदर मंसिरमा झरेर ५.०४%मा झरेको छ। तरलता प्रशस्त, कर्जा प्रवाह कमजोर र बजारमा लगानीयोग्य रकम नै पर्याप्त रहेकाले बैंकहरूको ‘Smart Money Move’ अब ब्याजदर घटाउनेतिर मोडिएको देखिन्छ।

कात्तिक महिनाको तुलनामा मंसिर महिनामा बैंकहरुको औषत ब्याजदर घटेको छ। मंसिरका लागि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको औसत व्याजदर ५.०४ प्रतिशत निर्धारण भाएको छ । यो कात्तिकको तुलनामा ०.१६ प्रतिशत बिन्दुले कम हो। कात्तिकमा औसत ब्याजदर ५.२० प्रतिशत निर्धारण भएको थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने समीक्षा अवधिमा ०.०७ प्रतिशतविन्दुले घटाएका छन्।

एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंकले मंसिर महिनाका लागि यस्तो निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। बाँकी १० बैंकहरुले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन्।

व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले दिने भएको छ। यस बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिनेछ । सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकल दिनेछ। उक्त बैंकले अधिकतममा ४.७ प्रतिशत व्याज दिने भएको छ ।

मंसिर महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउन बैंक एनआईसी एशिया रहेको छ। सो बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाएको हो। मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशियाले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ। सो बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि घटाएको छ।

व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले दिने भएको छ। सो बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिनेछ। सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकल दिनेछ। उक्त बैंकले अधिकतममा ४.७ प्रतिशत ब्याज दिने भएको छ ।

कात्तिकको तुलनामा मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् । १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । १० बैंकले स्थिर राख्दा १० बैंकले नै ब्याजदर घटाएपछि औसतमा घटेको हो ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । अधिकांशले ५ वर्षभन्दा माथिको अवधिका लागि व्यक्तिगत मुद्दतीमा उच्चतम ब्याजदर दिनेछन्।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्छ ।

हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।