“Earnings Climb Steadily – सानिमा बैंकको नाफा र ब्याज आम्दानी दुवैमा दोहोरो अंकको वृद्धि”

बैंक/वित्त

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा स्थिर वृद्धि कायम राख्दै खुद नाफा १३.८६ प्रतिशतले बढाएर ४५ करोड ४९ लाख रुपैयाँ पुर्‍याएको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३९ करोड ९५ लाख रुपैयाँ थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा २७.९१ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यो आम्दानी १ अर्ब ३२ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिसम्म बैंकको सञ्चाल नाफा १४.९४ प्रतिशतले बढ्दै ६५ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ५७ करोड २१ लाख रुपैयाँ थियो ।

१३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको वितरणयोग्य नाफा २ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (EPS) १३.१५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७२.७१ रुपैयाँ रहेको छ ।