“Steady Fundamentals, Passing Headwinds – नाफा घट्दा पनि माछापुच्छ्रेको वित्तीय स्थायित्व कायम”

बैंक/वित्त

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १६.९५ प्रतिशतले घटे पनि माछापुच्छ्रे बैंकले आफ्नो स्थायित्व कायम राख्न सफल भएको छ। ब्याज आम्दानीमा सीमित गिरावट र खराब कर्जाको केही वृद्धि देखिए पनि निक्षेप र कर्जा दुवैमा करिब ५ प्रतिशत वृद्धि भएको छ, जसले बैंकको आधारभूत व्यवसायिक विश्वास कायम रहेको संकेत गर्छ। वितरणयोग्य नाफा ऋणात्मक भए तापनि १५४ रुपैयाँभन्दा माथिको प्रतिसेयर नेटवर्थ र ६ अर्ब ६८ करोडको जगेडा कोषले बैंकको पूँजीगत स्थायित्वलाई मजबुत बनाएको छ, जसले मध्यम अवधिमा सुधारको सम्भावना खुला राखेको छ।

माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २.८३ रुपैयाँ घटेर १३.८३ रुपैयाँमा सीमित छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४.६० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१४ गुणा रहेको छ ।

गत वर्षको असोजमा ३.१५ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ४.१३ प्रतिशत पुगेको छ ।

चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशत घटेर १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ४८ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ५ प्रतिशत बढेर १ खर्ब ९३ अर्ब ५४ करोड १० लाख रुपैयाँ र कर्जा लगानी ५.१० प्रतिशत बढेर १ खर्ब ४८ करोड ६५ लाख २७ हजार रुपैयाँ प्रवाह गरेको छ ।