नासा र अन्तर्राष्ट्रिय खगोलविद्हरूले पृथ्वी नजिक एक नयाँ “मिनी मून” अर्थात् अर्ध–चन्द्रमा फेला पारेका छन्। ‘२०२५ PN७’ नाम दिइएको यो साना आकारको एस्टेरोइडको व्यास करिब १९ मिटर रहेको बताइएको छ। यो एस्टेरोइड २०८३ सम्म पृथ्वीको नजिक रहने अनुमान खगोलविद्हरूले गरेका छन ।
खगोलविद्हरूका अनुसार यो पूर्ण रूपमा पृथ्वीको चन्द्रमा होइन, तर सूर्यको परिक्रमा गर्ने क्रममा पृथ्वीको गुरुत्वाकर्षणले आंशिक रूपमा बाँधिएको देखिन्छ। त्यसैले यसलाई “अर्ध–चन्द्रमा (Quasi-Moon)” भनिन्छ।
‘२०२५ PN७’ संग जोडिएका तथ्यहरु

‘२०२५ PN७’ लाई अगस्ट २०२५ मा पहिलो पटक अवलोकन गरिएको थियो।
यसको व्यास १९ मिटर जति छ।
यो सानो एस्टेरोइड पृथ्वीको नजिक करिब ५० वर्षसम्म, अर्थात् २०८३ सम्म, रहनेछ।
यो एस्टेरोइडले वास्तवमा सूर्यको परिक्रमा गर्छ, तर पृथ्वी नजिकको कक्षामा हुँदा यसले पृथ्वीलाई परिक्रमा गरिरहेको जस्तो भान हुन्छ।
यसले पृथ्वीको गुरुत्वाकर्षणसँग आंशिक सम्बन्ध राख्दछ, तर हाम्रो प्राकृतिक चन्द्रजस्तै स्थायी रूपमा भने हुदैन ।
नासाका खगोलविद्हरूले हाल यसको गतिबिधि र कक्षा निरन्तर निगरानीमा राखेका छन् |
