काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्रालयको नेतृत्वका लागि नयाँ मन्त्री सिफारिस गरेकी छन्।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिनेगरी सिफारिस गरिएको छ।
त्यसैगरी अतिरिक्त स्वास्थ्य सचिव डा. सङ्गीता कौशल मिश्रालाई स्वास्थ्य मन्त्रीमा सिफारिस गरिएको छ।

यसैबीच, सञ्चार मन्त्रालयको नेतृत्वका लागि प्रधानमन्त्री कार्कीले पत्रकार जगदीश खरेलको नाम सिफारिस गरेकी छन्। पत्रकार खरेल, जो इमेज टिभीका समाचार प्रमुख थिए, अब मन्त्री बन्ने पक्कापक्की भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यी तिनै नामलाई तोकिएको मन्त्रालयको नेतृत्व दिन निर्णय गरेको हो।
