आन्दोलनकारीहरुका लागि भक्तपुरमा रक्तदान

समाचार

जेनजीहरुको आन्दोलनमा घाइते भएका बिरामीहरुका लागि भनेर भक्तपुरको विभिन्न स्थानमा रक्तदान भइरहेको छ ।

हिजो सोमबार नयाँ बानेश्वर र माइतीघरमा भएको जेनजीहरुको आन्दोलनमा धेरै जना घाइते भएका थिए । उनीहरुको लागि भनेर भक्तपुरको कमलविनायक र बोडेमा रक्तदानको कार्यक्रमहरु भइरहेको छ ।

आन्दोलनमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने ४ सय २२ जना घाइते भएका छन् ।