मोरङमा कफ्र्यू आदेश जारी

समाचार

मोरङ जिल्लाका विभिन्न स्थानहरुमा कफ्र्यू आदेश जारी गरिएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले विभिन्न समूह र पक्षहरुबाट आ–आफ्ना माग राखी प्रदर्शन गरिरहेको र हिंसात्मक गतिविधि लगायत हुलदंगा वा अशान्ति हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै कफ्र्यू आदेश जारी गरिएको बताएका छन् ।

जिल्ला अधिकारी यादवका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यू आदेश जारी गरिएको हो ।

मोरङमा यि स्थानहरुमा कफ्र्यू आदेश जारी गरिएको छ ः

क) प्रदेश सभा– पुर्वमा नेपाल राष्ट्र बैंक, पश्चिममा कोशी अस्पताल चोक ।

ख) मुख्यमन्त्री कार्यालय उत्तरमा रोडशेष चोक, दक्षिणमा जतुवा चोक (कोभिड अस्पताल नजिक)

ग) मुख्यमन्त्री निवास–उत्तरमा रोडशेष, दक्षीणमा सिचाई मन्त्रालय जाने बाटो ।

घ) जिल्ला प्रशासन कार्यालय उत्तरमा शनिहाट, दक्षिणमा टेलिकम जाने मोड पश्चिममा गोल्छा आँखा अस्पताल । ङ) बिराटनगर महानगरपालिका पुर्वमा शनिहाट चोक, उत्तरमा बिराटेश्वर मन्दिर, दक्षिणमा गोल्छाचोक । च) प्रदेश प्रमुख कार्यालय पुर्वमा नहर, पश्चिममा कोशी राजमार्ग ।

छ) प्रदेश प्रमुख निवास– उत्तर मदननगर आवि, दक्षिण मानगढ खानेपानी, पश्चिममा नहर वरपरको ३०० मिटर क्षेत्र

ज) क्ष्लतभनचबतभम ऋजभअप एयकत (क्ष्ऋए को ३०० मिटर क्षेत्र ।

यादवले कफ्र्यू लागेका क्षेत्रमा कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न नपाउँने जानकारी गराएका छन् । आदेशको उल्लंघन गरी उल्लेखित कार्यकहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने गरिने समेत उनले जानकारी गराए ।