चीन भ्रमणमा प्रधानमन्त्री ओली, आज पुटिनलगायतसँग भेटवार्ता

समाचार

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सम्मेलन सुरू भएको छ। उक्त सम्मेलनमा सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ, जसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने औपचारिक भ्रमणमा चीन पुगेका हुन्। भ्रमणकै क्रममा उनले विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग दुईपक्षीय भेटवार्ता जारी राखेका छन्।

आजै प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।