जसले हामीमाथि आक्रमण गर्छ – हामी पनि तिनिमाथि आक्रमण गर्छौं”: नेतन्याहुको हुती विरोधी कडा चेतावनीतेल अविवमा इस्रायली वायुसेनाको आक्रमण अवलोकनमा प्रधानमन्त्री नेतन्याहु र रक्षा मन्त्री
तेल अविव, आइतबार । इस्रायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षा मन्त्री इस्रायल काट्ज आइतबार तेल अविवस्थित इस्रायली वायुसेनाको कमाण्ड सेन्टरमा पुगेका छन् । उनीहरूसँगै इस्रायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिर र वायुसेनाका कमाण्डर मेजर जनरल टोमर बार पनि सहभागी थिए । उनीहरूले यमनस्थित हुती शासनका लक्ष्यमा गरिएको वायु आक्रमणको प्रत्यक्ष अवलोकन गरेका थिये ।
कमाण्ड सेन्टरमा प्रधानमन्त्री नेतन्याहुले भने, “आज फेरि वायुसेनाले यमनमा रहेका रणनीतिक लक्ष्यहरूमा आक्रमण गरेको छ — सनाको राष्ट्रपतिको भवन, शहरको विद्युत् गृह र त्यसलाई आपूर्ति गर्ने इन्धन भण्डारण ट्यांकरहरूमा प्रहार गरिएको छ ।”

नेतन्याहुका अनुसार “आतंकी हुती शासनले इजरायलमाथि गरेको आक्रमणको कडा मूल्य तिर्नु परेको छ र अझ तिर्नुपर्नेछ ।” उनले थपे, “म सेनाध्यक्ष, वायुसेनाका कमाण्डर तथा हाम्रा पाइलटलाई सफल मिसनका लागि बधाई दिन चाहन्छु । हाम्रा सबै विमानहरू सुरक्षित रूपमा फर्किएका छन् ।”
नेतन्याहुले चेतावनी दिंदै भने, “जसले हामीमाथि आक्रमण गर्छ – हामी पनि तिनिमाथि आक्रमण गर्छौं । जो कोहीले आक्रमण गर्ने योजना बनाउँछन् – हामी पहिले नै आक्रमण गर्छौं । विश्वले अब इस्रायलको शक्ति र दृढसंकल्पलाई बुझ्दै गएको छ ।”
