२७.९० अंकले घट्यो नेप्से, कारोबार रकममा भने सामान्य सुधार

बजार

काठमाडौं । यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से २७.९० अंकले घटेर २८२२.४६ बिन्दुमा झरेको छ ।

बजारमा १० अर्ब २१ करोड १ लाख रुपैयाँको कारोबार भएको छ । जहाँ ३० कम्पनीको मात्र शेयर मूल्य बढ्दा २२० कम्पनीको शेयर मूल्य घटेको छ ।

सोमबार रिभर फल्स पावर कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक अर्थात् ७.६४ प्रतिशतले घटेको छ ।

सोमबार विकास बैंक समूहको शेयर मूल्य सबैभन्दा धेरै २.४३ प्रतिशतले घट्दा लघुवित्त समूहको २.३३ प्रतिशतले घटेको छ ।