काठमाडौं । एन आई सी एशिया बैंकले सम्पूर्ण ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका अनुसार “आयकर ऐन २०५८” बमोजिम ग्राहकको खाताबाट गरिएको कर कट्टीको विवरण नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागको प्यान प्रणालीमा अनिवार्य रूपमा आवद्ध गर्नुपर्ने प्रावधान रहेको छ।
ग्राहकले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्प प्रयोग गरी प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, जुनसुकै शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउन प्यान अत्यावश्यक छ। प्यान अद्यावधिक भएपश्चात् करकट्टीको विवरण स्वचालित रूपमा आयकर प्रणालीको अनुसूची–१० मा मिलान हुने भएकाले ग्राहकलाई करकट्टी र कर चुक्ता प्रमाणपत्र लिन सहज हुने र बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकले प्यान अद्यावधिक नगरिएको अवस्थामा E-TDS मा ब्याजकर दाखिला नभए वा त्यसपश्चात् समायोजन गर्नुपर्ने भएमा त्यसको जिम्मेवारी बैंकमा नपर्ने स्पष्ट पारेको छ।
