काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो बिजनेस म्यानेजर, वरिष्ठ कार्यकारी, विभागीय प्रमुख र २०० शाखा प्रबन्धकसँग संयुक्त रूपमा ‘उत्पादक बजेट कार्यान्वयन’ विषयमा छलफल गरेको छ।
बैठकमा चालू आर्थिक वर्षका प्राथमिकताहरूमा सहमति जुटाउँदै टोलीबीचको सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तर्दृष्टि आदान–प्रदान भएको बैंकले जनाएको छ।


बैंकको देस भर २०० शाखा रहेका छन छन बाट करिव ३ लाख ५० हजार ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटिएम कार्ड, भिसा इन्टरनेसनल डलर कार्ड, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम भिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
देशको विभिन्न क्षेत्रका ग्राहकवर्गलाई सेवा उपलब्ध गराउने अभिप्रायले बैंकले निकट भविष्यमा हुम्लाको सर्केगाड, डांगको बंगलाचुली, झापाको हाल्डीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना अगाडी सारेको छ ।
