एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट उपलब्ध

बैंक/वित्त

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । 

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्डक्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक  (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

हिमालय दृष्य रिसोर्टसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।