सुनचाँदीको मूल्य बढ्यो

बजार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ  ।

सोमबार तोलामा सुनको मूल्य १ लाख ९६ हजार ६००  रुपैयाँमा कारोबार भएको छ । छापावाल सुन बढेर १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ ।

सोमबार २ हजार २ सय ५५  रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।