पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्र ढाँटलाइ प्रधानमन्त्रीले दिए बधाई

खेलकुद

काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्।

भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै उनले च्याम्पियनसिप टाइटल जितेका हुन् ।

यो जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्।

यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ भने उनले कोरेनको पाँच खेलको जित यात्रा तोडेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइटमा च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई  बधाई दिएका छन्।

उनले लेखेका छन्,‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।’