काठमाडौं, — प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्र (LDC) बाट विकासशील राष्ट्रमा स्तरोन्नति’ सम्बन्धी विषयमा सम्बोधन गर्दै छन |प्रधानमन्त्रीको सम्बोधन विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तद्वारा प्रस्तुत ‘एलडिसी ग्रयाजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफलको सन्दर्भमा हुनेछ।
बैठक आज अपराह्नका लागि तय गरिएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार छलफलका क्रममा उठेका जिज्ञासाहरूको जवाफसहित प्रधानमन्त्रीले धारणा व्यक्त गर्ने छन ।

