पूर्वराष्ट्रपति भण्डारी च्यासलमा, अध्यक्ष ओलीसँग निर्णायक भेटवार्ता

राजनीति

काठमाडौं,  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज एमालेको केन्द्रीय कार्यालय, च्यासल पुगेकी छन्। सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरेकी भण्डारी आफ्ना नजिकका सहयोगीहरूसहित च्यासल प्रवेश गरेकी हुन्।

उनको आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता तय भएको छ। बैठकलाई विशेष महत्वका साथ हेरिएको छ, किनभने भोलिपल्ट मात्रै पोलिटब्यूरो बैठक सकिएको हो र भोलि नै केन्द्रीय समिति बैठक बस्न लागेको छ।

तर, अध्यक्ष ओली भने भण्डारीको पार्टीमा पुनः आगमनप्रति अनिच्छुक देखिन्छन्। पार्टी सदस्यता नवीकरणका विषयमा समेत उनले प्रश्न उठाएका छन्। एमाले सचिवालय र पोलिटब्यूरो बैठकमार्फत ओली समर्थक धारको विधान संशोधन प्रस्ताव पारित भइसकेको छ।

यस्तो संवेदनशील घडीमा भएको भण्डारी–ओली भेटवार्ताले एमालेभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक समीकरणमा निर्णायक प्रभाव पार्ने संकेत देखिएको छ।