काठमाडौं । पछिल्ला वर्षहरूमा समावेशी आर्थिक वृद्धिको आधारस्वरूप ‘वित्तीय समावेशीकरण’ (Financial Inclusion) राष्ट्रिय प्राथमिकताको रुपमा स्थापित हुँदै आएको राष्ट्र बैंकले जनाएको छ । विशेषगरी ग्रामिण, दुर्गम तथा वञ्चित समुदायसम्म वित्तीय सेवा पुर्याउने उद्देश्यले नेपाल राष्ट्र बैंक (राष्ट्र बैंक) ले ‘Financial Inclusion Index (FII)’ जारी गरेको छ ।
राष्ट्र बैंकका विभिन्न विभागका प्रतिनिधिहरू समेटिएको अन्तरविभागीय कार्यदलले तयार पारेको यो इन्डेक्समा ५५ वटा सूचक समावेश छन् । तीमध्ये १५ Access, १५ Usage, र २५ Quality सम्वन्धी इन्डेक्स छन् । तिनीहरूको वेटेज क्रमशः ३५%, ४५% र २०% राखिएको छ । दीर्घकालीन तथ्यांकको अभावमा विज्ञहरूको सुझावअनुसार सेवा प्रयोगलाई बढी महत्व दिइएको राष्ट्र बैंकले जनाएको छ ।
इन्डेक्समा बैंकिङ, डिजिटल भुक्तानी, बीमा, लघुवित्त, पूँजी बजार (लगानी), सामाजिक सुरक्षा लगायतका सेवा क्षेत्र समेटिएका छन् । यसलेकेवल वित्तीय सेवाको पहुँचको मात्र मापन गर्ने मात्र होइन सेवाको गुणस्तर, उपभोक्ताको सन्तुष्टि, वित्तीय साक्षरता, उपभोक्ता संरक्षण लगायतका पक्षलाई पनि समेट्छ ।

आर्थिक वर्ष २०७८/७९ मा ०.४० रहेको समग्र इन्क्लुजन इन्डेक्स २०८०/८१ मा बढेर ०.४७ पुगेको छ । तीन वर्षमा झन्डै १७.५ प्रतिशतको सुधार देखिएको छ ।
Access Index ०.३८ बाट बढेर ०.४७ पुगेको छ, यसले बैंक, डिजिटल च्यानल र वित्तीय सेवा प्रदायकहरूको वृद्धिको संकेत गर्छ ।
Usage index ०.४३ बाट ०.४९ पुगेको छ, जसमा डिजिटल भुक्तानी, बैंकिङ कारोबार र सेवाको प्रयोग बढेको छ ।
Quality Index ०.३६ बाट ०.४१ पुगेको छ, जुन अपेक्षाकृत कम भए पनि वित्तीय साक्षरता, पारदर्शिता, पहुँच सहजता र उपभोक्ता सुरक्षाको क्षेत्रमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ |
राष्ट्र बैंकले यो ‘फाइनान्सियल इन्क्लुजन इन्डेक्स’ नियमितरूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।
FInancial-Inclusion-Index-for-publication-2
