‘जुनी र जुनी’मा गरिमा शर्मा र सुरेश कोलीको अभिनय

मनोरंजन

काठमाडौं । नायिका गरिमा शर्मा र सुरेश कोलीले अभिनय गरेको ‘जुनी र जुनी’ बोलको गीतको भिडियो तयार भएको छ । भिडियो सार्वजनिक समेत गरिएको छ ।

वरिष्ठ गीतकार नारायणकुमार आचार्यद्वारा रचना गरिएको गीतमा चर्चित गायिका मेलिना राई, गायक प्रशान्त शिवाकोटीको युगल स्वर रहेको छ ।

संगीतकार लक्षण पोखरेलको संगीत रहेको गीतमा एरेन्ज मनोज चौलागाई, मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।

भिडियोमा सिनेमेटोग्राफर उत्सव दाहाल, कोरियोग्राफर सन्तोष राजबाग र सम्पादन मीन रावलले गरेका छन् ।

भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । भिडियो ओएसआर डिजिटलमार्फत बजारमा उपलब्ध छ।

भिडियो एकदमै राम्रो बनेकोमा गीतकार नारायणकुमार आचार्यले निर्देशक रुपाखेतीलाई धन्यवाद दिएका छन् ।