जसपाको सरकारलाई झट्का: समर्थन फिर्ता गर्ने निर्णय

राजनीति

काठमाडौं,  जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ताको औपचारिक निर्णय गरेको हो।

जसपाको प्रचार विभागका अनुसार, यसअघि कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिने विषयमा पुनर्विचार गर्न निर्देशन दिइसकेको थियो। त्यसैअनुसार आज संसदीय दलले समर्थन फिर्ता गर्ने निर्णयमा पुग्यो।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको निष्कर्ष जसपा नेपालले निकालेको छ। अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनजस्ता मुद्दाहरू बेवास्ता भएको र सरकारलाई दिएको समर्थन एक वर्षसम्म निष्फल रहँदा पार्टीको एजेण्डा अलपत्र परेको टिप्पणी गर्दै आएका छन्।