NRB’s Sudden Drop: मौद्रिक नीति आजै किन आयो, खुल्यो गोप्य तयारीको रहस्य

बैंक/वित्त

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक यथेस्ट आन्तरिक र बाह्य सल्लाह पछी मात्र जारी गरिएको  राष्ट्र बैंकले जनाएको छ ।

आज गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेपछिको पहिलो मौद्रिक नीति जारी भएपछि रास्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका प्रवक्ता किरण पण्डितले आगामी आर्थिक वर्ष भन्दा अघिनै मौद्रिक नीति जारी गर्दा सबै बैंक तथा वितिय संस्थाहरूलाई नीति तथा बजेट आदि निर्माण गर्न सजिलो हुने भन्दै आगामी वर्षहरूमा समेत को कल्चर कायम राख्न प्रयास गर्ने बताएका छन |

पत्रकार सम्मेलनमा बोल्दै बैंकिङ क्षेत्र सुधार कार्यदल सदस्य तथा कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले बैंकिङ क्षेत्र सुधार कार्यदलले समेत आफ्नो एकतहका प्रतिवेदन गभर्नर डा. विश्वनाथ पौडेललाई बुझाइ सकेको तथा बिभिन्न अन्य आवश्यक तयारी तथा समन्वय पछि मात्र मौद्रिक नीति जारी गरिएको र यसले अहिलेको अवस्थामा निजी क्षेत्र, बैंक तथा वित्तिय संस्था तथा डिपोजिटर सबैको हित रक्षा गर्ने बताएका छन |

यसैगरी नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. राम शरण खरेलले आर्थिक वर्ष २०८२/८३ मौद्रिक नीतिले प्रक्षेपण गरेको १२ प्रतिशतको क्रेडिट ग्रोथ हासिल हासिल गर्न सकिने र यसले समग्र अर्थतन्त्रलाई चलायमान गर्दै बजेटले लिएको ग्रोथ टार्गेट हासिल गर्न मद्दत गर्ने बताएका छन्  |


शुक्रबार अचानक बिहान सञ्चालक समितिको बैठक डाकेर शुक्रबारै मौद्रिक नीति सार्वजनिक गरियो भन्ने प्रश्नमा प्रवक्ता किरण पण्डित भनछन सूचनाको गोप्यता कायम गर्न आजै आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरिएको हो, अन्यथा केही होइन |