राष्ट्रपति सी जिनपिङ गायब , सेना पुनर्संरचना: के सी जिनपिङको सत्ता हिल्लिँदै छ? 

अन्तराष्ट्रिय

एजेन्सी- चीनका राष्ट्रपति सी जिनपिङले १२ वर्षमा पहिलोपटक BRICS सम्मेलनमा भाग नलिने भएका छन्। चीनको परराष्ट्र मन्त्रालयले ब्राजिलमा आगामी जुलाई ५ देखि ८ सम्म हुने BRICS सम्मेलनमा राष्ट्रपति सीको सट्टामा प्रधानमन्त्री ली छियाङ सहभागी हुने पुष्टि गरेको छ। यसले चीनको सर्वोच्च नेतृत्वमा गहिरो राजनीतिक अस्थिरताको संकेत दिइरहेको छ।

साथै, गएको महिना सी जिनपिङ दुई हप्ता सार्वजनिक जीवनबाट पूर्ण रूपमा गायब भए—न त कुनै वक्तव्य, न त तस्बिर, न त कार्यक्रमहरूमा उनको उपस्थिति देखियो |
भारतीय मिडियाहरूका अनुसार पार्टीभित्र उनका विश्वासपात्रहरू हटाइँदै छन् भने विरोधी धारहरू सक्रिय हुँदै गएका छन्।

यस बीच, प्रश्न उठेको छ—के राष्ट्रपति सी बिरामी छन्? वा चीनभित्र कुनै ‘शान्त कू’को संकेत देखिँदैछ?

राष्ट्रपति सी ७ देखी १० मे मा रसिया भ्रमणमा थिए। तर त्यसपछि २१ मे सम्म सार्वजनिक रूपमा देखिएनन्। मे २१ देखि जुन ३ सम्म १४ दिनसम्म उनी पूर्ण रूपमा सार्वजनिक जीवनबाट बाहिर रहे।

यस बीच सरकारी सञ्चारमाध्यम सिन्ह्वा मा पनि उनको कुनै फोटो वा रिपोर्ट थिएन।
यति लामो समयसम्म सार्वजनिक रुपमा नदेखिनु गम्भीर स्वास्थ्य समस्याको संकेत हुनसक्ने अनुमान लगाइएको छ। तर, यस्ता कुनै आधिकारिक पुष्टि छैन।

चिनमा राजनैतिक सङ्कट को चर्चाले अहिले भारतीय मिडियामा चलेको छ – सी जिनपिङ कम्युनिस्ट पार्टीका महासचिव, राष्ट्रपति र सेनाका प्रमुख हुन्, हाल निर्णय लिने संयन्त्र ‘एजेन्सी अफ डिसिजन मेकिंग भन्ने नयाँ संरचनामा सरेको छ। साथै  सीद्वारा पदोन्नति गरिएका केही जनरलहरू अहिले बर्खास्त वा कारबाहीमा परेका छन्। कतिपयलाई मृत्युदण्डसमेत दिइएको भनिएको छ।