Leadership Recast @ Prabhu Bank: किशोर जङ्ग कार्की इन, सिटौला आउट

बैंक/वित्त

काठमाडौं । प्रभु बैंकले सञ्चालक समितिका सदस्य किशोर जङ्ग कार्कीलाई बैंकको अध्यक्षमा नियुक्त गरेको छ। असार १९ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो।

यसअघि अध्यक्ष रहनुभएका लिला प्रकाश सिटौलाको चार वर्षे कार्यकाल गत चैत १२ गते सम्पन्न भएपछि पद खाली थियो।

 बैंकले स्वतन्त्र सञ्चालकको रूपमा गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकाका रमेश राज अर्याललाई नियुक्त गरेको छ।