चिनियाँ राजदूत र राष्ट्र बैंक गभर्नरबीच शिष्टाचार भेट, वित्तीय सहकार्यबारे छलफल

बैंक/वित्त

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आज नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटवार्तामा नेपाल र चीनबीचको वित्तीय क्षेत्र सम्बन्धी सहकार्यका विविध पक्षहरूबारे छलफल भएको थियो।

भेटका क्रममा गभर्नर पौडेल र राजदूत सोङले दुई मुलुकबीच बैंकिङ तथा वित्तीय क्षेत्रमा भविष्यमा हुन सक्ने सहकार्य, लगानी प्रवाह, प्रविधिको आदानप्रदान र वित्तीय स्थायित्व प्रवर्द्धनसम्बन्धी सम्भावनाहरूबारे विचार विमर्श गरेका थिए।