इन्धनमा आगो! पेट्रोल प्रतिलिटर १६५ र डिजेल १४९ रुपैयाँ, जनता मारमा

बजार

काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य बढाएको छ । निगमले साेमबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रूपैयाँले बढाएको जनाएको छ ।

नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । यस्तै दाेस्राे वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ र डिजेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएकाे छ ।

पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ र डिजेल प्रतिलिटर १४६ रुपैयाँ कायम भएकाे छ ।

निगमले आन्तरीक तर्फ हवाई इन्धनको मूल्य पनि बढाएको छ । वायुसेवा कम्पनीहरुलाई बेच्ने हवाई इन्धनको भाउ प्रतिलिटर ७ रूपैयाँले बढको छ । अन्तराष्ट्रियतर्फ प्रतिकिलाे लिटर ५१ अमेरिकी डलरले बढेकाे छ ।