तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

बजार समाचार

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको  एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।