“”FBI Goes on High Alert: अमेरिकामा इरानी स्लीपर सेल सक्रिय हुनसक्ने खतरा”

अन्तराष्ट्रिय समाचार

एजेन्सी, मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव चुलिँदै जाँदा, अमेरिकी अधिकारीहरूले देशभित्र रहेका इरान समर्थित स्लिपर सेलमाथि निगरानी तीव्र बनाएका छन् । इजरायलले इरानविरुद्ध ‘अप्रेशन राइजिङ लायन’  सैन्य कारवाही र यसको साथै अमेरिका समेत उक्त द्वन्द्वमा सहभागी भएपछि एफबीआइले सुरक्षा सतर्कता बढाएको हो ।

एफबीआइ निर्देशक काश पटेलले आफ्नो टोलीलाई हिजबुल्लाहसँग आवद्ध विदेशी आतंकी सङ्गठनहरूसँग जोडिएका सम्भावित स्लिपर सेलहरूलाई निगरानी गर्न निर्देशन दिएका छन् ।

सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा इरानी जनरल कासिम सुलेमानीको हत्यापछि अमेरिकामा इरानी प्रतिशोधको डर बढेको थियो । त्यही बेलादेखि अमेरिकी सुरक्षा निकायहरू इरान वा उसले सघाउने सङ्गठनहरूले अमेरिकाभित्रकै हमला गराउने सक्ने क्षमताको मूल्यांकन गर्दै आएका थिये |

हाल अमेरिका औपचारिक रूपमा इजरायल-इरान युद्धमा संलग्न भइरहँदा, इरान वा उससँग आवद्ध समूह हिजबुल्लाहले अमेरिकामा रहेका ‘स्लीपर सेल’ सक्रिय गर्न सक्ने सम्भावनालाई लिएर अमेरिकामा चिन्ता बढेको हो । यही कारण एफबीआई अहिले नै ती सम्भावित सेलहरू पहिचान गरी निस्क्रिय पार्न प्रयासरत छ ।

सुरक्षा विशेषज्ञहरूका अनुसार, आगामी दिनहरूमा अमेरिका भित्रै अप्रत्याशित गतिविधि हुन सक्ने खतरा  बढ्न जादा पूर्वतयारी स्वरूप निगरानी बढाइएको हो ।