च्याम्पियन्स लिगबाट बाहिरिएसँगै युभेन्टसको सेयर मुल्यमा गिरावट

खेलकुद

च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएसंगै इटालियन क्लब युभेन्टसको सेयर मुल्य घटेको छ ।

मंगलबार राति नेदरल्याण्डसको अयाक्स क्लबसँग पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको युभेन्टसको सेयर २२ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरका छन् ।

मिलान स्टक मार्केटमा सुरुवाती कारोबारमा १८ प्रतिशतसम्म गिरावट आएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।