“२० अर्बको अफवाहमा बैंकको चित्त दुख्यो –हल्ला होइन, हिसाब हेर्नुस्! नेपाल बैंकको कडा प्रतिवाद

बैंक/वित्त समाचार

काठमाडौं – “नेपाल बैंकबाट २० अर्ब ४० करोड १५ लाख रुपैयाँै गायब!” भन्दै केही सञ्चार माध्यमहरूले जब खबर उडाए, त्यसपछि नेपाल बैंक लिमिटेड झस्कियो—कागज पल्टायो, हिसाब जोड्यो, अनि बल्ल भन्यो- अफवाह फैलाइयो हाम्रो हिसाब किताब र्बेंकको हेल्थ फिट & फाइन छ ।

बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै बैंकले भन्यो—“हामीले गनिसकेका पैसा तपाईंहरूले किन हराएको भन्नुभयो? यो त सिधै अफवाह हो!”

विज्ञप्तिका अनुसार उक्त समाचार पूर्ण रूपमा तथ्यविहीन र भ्रमपूर्ण रहेको नेपाल बैंकको भनाइ रहेको छ । बैंकले त नियमित रूपमा नेपाल राष्ट्र बैंकको कडा निगरानीमा हिसाब-किताब मिलाउँदै आएको छ -यस्तै स्टेटमेन्ट छ नेपाल बैंकको,अल इज वेल!

बैंकले त्रैमासिक, वार्षिक, अर्धवार्षिक जे-जे विवरण चाहिन्छ, सबै नियमपूर्वक राख्ने गरेको दाबी गर्दै भन्यो—“हाम्रो खाताबही Excel सबै दुरुस्त छन ।नेपाल बैंकले आफ्नो वित्तीय अनुशासन, पारदर्शिता र नियामक नीतिप्रति पूर्ण प्रतिबद्धता पुनः दोहोऱ्याउँदै नेपाल सरकार, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणलाई तथ्यमा आधारित जानकारीमा विश्वास गर्न आग्रह गरेको छ ।

अन्त्यमा बैंकले आफ्नो स्टाइलमा भन्यो—”बैंकिङ्ग भनेको ‘क्लियर हिसाब, त्यसैले कृपया तथ्यमै विश्वास गरौं, अफवाहमा होइन।”