काठमाडौं – नेपाली शेयर बजारमा रुचि राख्नेहरूका लागि उत्साहजनक खबर आएको छ। अत्यधिक लोकप्रिय SMART (Stock Market Analysis & Research Team) ले SMART 21-Days Challenge को दोस्रो संस्करण सार्वजनिक गरेको छ। कार्यक्रम २०८२ असार १७ गते, मंगलबार साँझ ५:०० बजेबाट सुरु हुँदैछ र यो पूर्णतः नि:शुल्क हुनेछ।
यो २१ दिने अनलाइन कार्यक्रमले सहभागीहरूलाई व्यवहारिक ट्रेडिङ रणनीति, सही मानसिकता, अनुशासन र निरन्तरताको महत्वबारे गहिरो ज्ञान दिने उद्देश्य राखेको छ। सहभागीहरूले विश्वस्तरीय प्रमाणित ट्रेडरहरूबाट Tested Strategies सिक्नेछन् जसले वास्तविक बजारमा लागू गर्न सकिने अभ्यासमा जोड दिन्छ।
SMART Team को मूल मन्त्र — Right Strategy + Right Mindset = Real Success — मा आधारित रहेर तयार पारिएको यस चुनौतीले नेपालमा प्रचलित तीन प्रमुख समस्याहरू: ट्रेडिङ शिक्षाको अभाव, मनोगत निर्णयमा निर्भरता र अनुशासनको कमीलाई सम्बोधन गर्नेछ।

SMART Team को अनुसार, “यो कार्यक्रमले तपाईंको ट्रेडिङ सोचाइ मात्र होइन, तपाईंको सम्पूर्ण जीवनशैलीलाई नयाँ दिशा दिनेछ।”
किन SMART 21-Days Challenge?
नेपालको शेयर बजारमा सफल बन्न केवल चार्ट हेर्ने सीप मात्र पर्याप्त हुँदैन। सही मानसिकता, जोखिम व्यवस्थापन, नियमित अभ्यास र प्रमाणित रणनीति आवश्यक पर्छ। यही अभावलाई SMART 21-Days Challenge ले पूर्ति गर्ने प्रयास गर्दैछ।
ट्रेडिङ यात्रालाई नयाँ उचाइमा लैजान चाहनेहरूका लागि यो Challenge निर्णायक Turning Point बन्न सक्छ। इच्छुक सहभागीहरूलाई यथासिघ्र दर्ता गर्न आयोजकहरूले आग्रह गरेका छन्।
SMART 21-Days Challenge – Season 2 कार्यक्रम २०८२ साल असार १७ गते, मंगलबार (July 1, 2025) साँझ ५:०० बजेबाट सुरु हुँदैछ। २१ दिनसम्म सञ्चालन हुने यो प्रशिक्षण कार्यक्रम प्रत्येक दिन साँझ ५:०० देखि ६:०० बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ।
कार्यक्रममा सहभागिता जनाउन इच्छुकहरूले https://forms.gle/XAcR8tEb8m8nVTvP6 लिंकमार्फत दर्ता गर्न सक्नेछन्। दर्ताको अन्तिम म्याद २०८२ साल असार ८ गते, आइतबारसम्म रहेको छ।
