काठमाडौं: नेपाल राष्ट्र बैंकले मुलुकका १० वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यू) गर्न बंगलादेशको ढाकास्थित हाउलादर युनुस एन्ड कम्पनीलाई छनोट गरेको छ।
राष्ट्र बैंकका अनुसार, केन्द्रीय बैंकको नियमावलीअनुसार आवश्यक प्राविधिक योग्यता पूरा गरेको भन्दै उक्त कम्पनीलाई छनोट गरिएको हो। लोन पोर्टफोलियो रिभ्यूका लागि हाउलादर कम्पनीसँगै भारत र श्रीलंकाका गरी ५ अन्य कम्पनीहरू पनि सर्टलिस्टमा परेका थिए।
अब छनोट गरिएको बंगलादेशी कम्पनीले नेपालका १० वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियोको परीक्षण गर्नेछ।

