नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डेपुटी गभर्नरहरूको जिम्मेवारी पुनः बाँडफाँट गर्दै कार्यभार सम्हालेका छन्।
नेपाल राष्ट्र बैंकको नेतृत्व सम्हालेसँगै गभर्नर पौडेलले दुवै डेपुटी गभर्नरलाई लगभग बराबरी रूपमा विभागीय जिम्मेवारी तोकेका छन्। यसअघि कार्यवाहक गभर्नरको भूमिकामा रहेकी डा. निलम ढुङ्गाना तिमिल्सिनाले अधिकांश महाशाखाहरू अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रको जिम्मामा राखेकी थिइन्।
तर, गभर्नर पौडेलले पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा गरिएको विभागीय संरचनालाई नै पुनर्स्थापित गर्दै दुवै डेपुटी गभर्नरबीच विभागहरू सन्तुलित रूपमा बाँडेका छन्। पौडेलको यो कदमले डेढ महिनाअघि मिश्रकहाँ केन्द्रित जिम्मेवारी फेरि डा. ढुङ्गानाको भागमा आधा विभाग फिर्ता गरिदिएको छ।


डा. ढुङ्गानाको जिम्मेवारीमा रहेका प्रमुख विभागहरू
बैंक तथा वित्तीय संस्था नियमन विभाग
विदेशी विनिमय व्यवस्थापन विभाग
लघुवित्त संस्था सुपरिवेक्षण विभाग
गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग
प्रदेशस्थित कार्यालयहरू
मुद्रा व्यवस्थापन
संस्थागत योजना तथा जोखिम व्यवस्थापन
सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग
सूचना प्रविधि विभाग
डेपुटी गभर्नर बमबहादुर मिश्रको जिम्मामा रहेका विभागहरू:

आर्थिक अनुसन्धान विभाग
मौद्रिक व्यवस्थापन विभाग
बैंक सुपरिवेक्षण विभाग
वित्तीय संस्था सुपरिवेक्षण विभाग
बैंकिङ विभाग
भुक्तानी प्रणाली विभाग
मानव संशाधन विभाग
वित्त व्यवस्थापन विभाग
गभर्नर पौडेलको यो विभागीय पुनर्बितरणलाई व्यवस्थापकीय सन्तुलन कायम गर्न खोजिएको प्रयासका रूपमा हेरिएको छ।

