काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भईरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

