४,५२८ कित्ता संस्थापक शेयर बिक्रीमा : कुमारी बैंकको सूचना

अर्थ समाचार

काठमाडौं – कुमारी बैंकले संस्थापक शेयरधनीहरूका नाममा रहेका ४ हजार ५२८ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरूलाई लक्षित गर्दै उक्त शेयर बिक्री प्रक्रिया सुरु गरेको हो। इच्छुक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदन दिन चाहनेहरूले आफैंले कति कित्ता शेयर खरिद गर्ने हो स्पष्ट उल्लेख गरेर कुमारी बैंकको शेयर रजिष्ट्रार कार्यालय वा काठमाडौं–२, टंगालस्थित प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन्।