गोकर्णेश्वर नगरपालिकामा रहेको चामुण्डा मन्दिरमा चैत्र अष्टमीका दिन जात्रा निकालिएको छ । आज श्री रक्तविनायक गणेश, श्री चामुण्डा देवी भगवती, श्री महाँकाल भैरवको रथयात्रा निकालिएको हो ।
उक्त रथयात्रा गोकर्णेश्वरका विभिन्न टोलहरूमा घुमाई पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको थियो ।
‘जात्राको ऐतिहासिकता लिच्छविकालिन रहेको करिब ४० वर्ष अगाडीबाट यसलाई रथयात्रा सहित अगाडि बढाईएको थियो । यसको संरक्षणमा नगरपालिकाले काम गरिरहेको छ, नगरप्रमुख दिपक रिसालले बताए ।

उनले हाल १ करोड ६० लाखको लागतमा राणाकालीन भवनको पुनः निर्माण गरिएको र दुईवटा चामुन्डाको रथ र एउटा भैरवको रथसहित तीनवटा रथलाई नगर भित्रका विभिन्न १० भन्दाबढि मन्दिरहरू परिक्रमा गराइएको बताए ।
उनले जात्रा पर्व सहित मठमन्दिर निर्माण कार्य एवं ऐतिहासिक जात्रा संरक्षणमा नगरपालिकाले महत्त्वपूर्ण भुमिका निभाएको बताए ।

