काठमाडौंको तीनकुने क्षेत्रमा जारी राजावादी समूहको प्रदर्शनले तनावपूर्ण अवस्था सिर्जना गरेको छ। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।
राजावादीहरूले तीनकुनेकाे एक घरमा आगो लगाएका छन् । घरमा ढुङ्गामुढा गरेर उनीहरूले आगो लगाएका हुन् ।
प्रदर्शनकारीहरू आक्रोशित हुँदै स्थानीय तीन जनाका घरमा ढुंगा र इँटा प्रहार गरी तोडफोड गरेका छन्। प्रहरी र प्रदर्शनकारीबीचको भिडन्तले स्थिति अझ जटिल बनेपछि क्षेत्रलाई उच्च सुरक्षा सतर्कतामा राखिएको छ।


