बैकिंङ संकटमा क्षमता परिक्षण गर्ने कि ?

अर्थ समाचार

नेपालको बैकिंङ क्षेत्र अहिले संकटमा छ।नया कर्जा गएको छैन,पुरानो कर्जा असुल हुन छाड्य‍ो। संचालन खर्च बढिरहेको छ,आमदानि झन झन घटने देखिन्छ। तर यो स्थितिको जिम्मेवारी संचालक समिति,CEO र उच्च ब्यवस्थापन कोहि लिन चाहदैनन।पदमा टासिएर तलब,भत्तासुबिधा छोडन नचाहने ।

राम्रो गर्न नसक्नेले कित छोडनु पर्यो कि त छोडाउनु पर्यो। एलन मस्कले जस्तो भन्ने मान्छे पनि यहाँ भएनन।संकटको यो घडिमा पदमा टासिएर मात्र बस्न खोज्ने भए,त्यसैले क्षमतावान नेतृत्व को को छन भनेर परिक्षण गर्दा कसो होला ?त्यस्को लागि:-

१)संचालक समितिले बर्तमान संकट पार लाउन र बैकंको बिकासको लागि के के गर्न सकिन्छ ?बिशेषज्ञ राखेर CEO, DCEO र केन्द्रका बिभागिय प्रमुख संग छुट्टा छुट्टै अन्तरवार्ता लिने र लिखित राय सुझाव लिई उनिहरुको क्षमता टेष्ट गर्ने।

२) खराब कर्जा असुलि भिजन र प्रयास टेष्ट गर्न CEO, DCEO ,Recovery chief, Loan chief चारै जनालाई बैकंको १०/१० वटा ठूलो क्रोनिक कर्जा असुलिको लागि छुट्टा छट्टै तीन महिनाको लागि जिम्मा दिने।राम्रो प्रयास र असुलि गर्नेलाई अगाडि बढाउने र नगर्नेलाई अवकास दिने।

३)दुई बर्ष लगातार ईनोभेटिभ प्रोडक्ट नल्याउने,निक्षेप र कर्जा बिच संतुलन कायम नगर्ने,खर्च कम गरेर आमदानि बढाउन नसक्ने , लाभाशं बितरण गर्न नसक्ने संचालक नेतृत्व र CEO लाई बिदा गर्ने।

४) कर्जा बिस्तार गर्न नसक्ने,खराब कर्जा ३% भित्र राख्न नसक्ने शाखा,क्षेत्रबैकं प्रमुख ,उप प्रमुख र सम्बद्ध कर्मचारिको बढुवा र थप आर्थिक सुबिधा सबै रोक्का राखि वाच लिष्टमा राख्ने। दुई अर्ध बार्षिक परफरमेन्स लगातार नेगेटिभ हुनेलाई अवकास दिने।

५) लगातार बढिमा दुई कार्यकाल भन्दा कुनै CEO लाई बैकंमा नराख्ने।नया भिजन र जोस नहुदा बैकं सफरर भैरहेको छ। आफ्नो आज्ञाकारिको निरन्तरताले बैकं संकटमा पुगेको बिर्सनु हुन्न।

सजिलो बेलामा भिजन र क्षमता नहुनेले पनि बैकंमा गरेको देखिएको छ।तर सहि मान्छे र क्षमतावान नेतृत्वको पहिचान संकटको बेलामा हुन्छ। त्यसैले बैकिंङ संकटको बर्तमान अवस्थामा संचालक,CEO, DCEO, र उच्च ब्यवस्थापनमा आसिन प्रमुखको क्षमता परिक्षण गरौं। बैकंको बिकास र समग्र अर्थतन्त्र चलायमान बनाउन सहि मान्छेलाई अगाडि ल्याउं।

रमेशकुमार भट्टराई – पूर्वबैंकर भट्टराईको विचार सामाजिक सञ्जालबाट साभार