नेपालको युथ टिम चिनियाँ युवानसँग पराजित

खेलकुद

नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चिनियाँ युवान प्रान्तीय टोलीसँग पराजित भएको  छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोलीले नेपाललाई २–० ले पराजित गरेको हो ।

खेलको पहिलो हाफमै चिनियाँ युनान प्रान्तीय टोलीले अग्रता लिएको थियोे । सुरूआतदेखि नै युयानले नेपाली टोलीमाथि दबाब दिएको थियोे ।