काठमाडौं : शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले हुुन आउने एक करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ बराबरके नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
माघ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

