काठमाडौं, कर्णाली डेभलपमेन्ट बैंक ब्यबस्थापनले आज शुक्रवार देखि अर्को व्यस्था नभएसमको लागी निक्षेप भुक्तानी कार्य स्थगन गरेको छ |
गत पुस १० गते, नेपाल राष्ट्र बैंकले कर्णाली बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापनको जिम्मा लिएको थियो | अहिले बैंकमा व्यवस्थापन समूहको नेतृत्व उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय टोलीले सम्हालिरहेको छ।
खतिवडाको व्यवस्थापनमा बैंकले डिपोजिटरहरूको क्रमस: डिपोजिट फिर्ता गर्दै आएको थियो | हाल सम्म रास्ट्र बैंक नेतृत्वको व्यवस्थापले २० करोड रुपैया बरावरको डिपोजिट फिर्ता गरिसकेको जनाइएको छ |
कर्णाली डेभलपमेन्ट बैंकमा हाल तरलता व्यस्थापनको कार्य भैरहेको हुँदा केहि समय डिपोजिट विथड्र बन्द गर्नु परेको संयोजक टीकाराम खतिवडाले जनाएका छन | तरलता व्यस्थापनको कार्य सम्पन्न भएपछि पुन: डिपोजिटरहरूले आफ्नो डिपोजिट विथड्र गर्न सक्ने समेत बैंक व्यवस्थापले जनाएको छ |


