क्रेडिट डिमाण्ड बढाउने प्रेसरमा बेंकहरु: नबिलको क्विज़, सेयर  एण्ड पोस्ट स्ट्राटेजी

अर्थ समाचार

कर्जाको मागमा लामो समय देखि ब्रिधि हुन् नसके पछि आज भोलि बैंक तथा वित्तिय संस्थाहरु विभिन्न मार्केटिंग स्ट्राटेजी सहित बजारमा देखिन थालेका छन । कर्जाको ब्याज दर लगातार घटाउदा समेत कर्जाको मागमा कुनै प्रभाव नदेखिए पछि – सोसिएल मिडिया मा प्रोडक्ट प्रमोसन तथा रिवार्ड फर सोसिएल मिडिया युजरको स्ट्राटेजी नबिल बैंकले अघि सारेको छ ।

नबिल बैंकले आफ्नो हाउजिङ्ग लोनको ब्रान्डिङ, मार्केटिंग र प्रमोसनको लागी सुरु गरेको छ – क्विज़, सेयर  एण्ड पोस्ट बदलामा ५०० रुपैया विजेतालाइ ५०० रुपैया मोबाइल रिचार्ज पुरस्कार । 

Comment the correct answer, share this post, and set the audience to PUBLIC. One randomly selected winner will get a Mobile Top Up worth Rs.500.
The winner will be announced on 31st January , 2025.

कुनै समय सर्व साधारणलई ठुला बैंकहरु बाट कर्जा प्राप्त गर्नु फलामको चिउरा चपाउने जस्तो नेपालमा अहिले बाणिज्य बैंकहरु एग्रेसिभ लेन्डिंगको अप्सनमा पुगेका छन – लोन प्रोडक्टको ब्रान्डिङ, मार्केटिंग र प्रमोसन मात्र हैन आफ्नो बेस रेट घटाउने समेत बैंकहरु बीच प्रतिश्पर्धानै चलेको छ |
बैंकहरूको बेस रेट लगातार घट्दै छ, जसले वित्तीय क्षेत्रमा नयाँ तरंग ल्याएको छ। माघ महिनामै औसत बेस रेट ६.८१ प्रतिशतमा झरेको छ, जुन पुस महिनाको ७.०२ प्रतिशतभन्दा ०.२१ प्रतिशत विन्दुले कम हो। निक्षेप ब्याजदर घट्दै जाँदा बैंकहरूको आधार दर पनि क्रमशः तल झर्दै गएको छ, जसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजदरमा पर्नेछ। यो गिरावट बैंकिङ प्रणालीमा तरलता वृद्धि र ब्याजदर प्रतिस्पर्धाको संकेत हो, जसले कर्जा माग लाई केही राहत दिने अपेक्षा गरिएको छ तर बेस रेट लगातार घट्दा समेत अहिले बजारमा क्रेडिट डिमाण्ड बढ्न सकिरहेको छैन ।

बैंकहरूको बेस रेट

स्टान्डर्ड चार्टर्ड बैंक५.१९%
राष्ट्रिय वाणिज्य बैंक५.६४%
एभरेष्ट बैंक५.६६%
एनआइसी एसिया बैंक७.७५%

माघ महिनामा ३ बैंकको आधार दर ६ प्रतिशतभन्दा न्यून हुन् पुगेको छ । सबैभन्दा कम बेस रेट स्टान्डर्ड चार्टर्ड बैंकको ५.१९ प्रतिशत छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.६४ प्रतिशत र एभरेष्ट बैंकको आधार दर ५.६६ प्रतिशत छ । ७ बैंकको आधार दर ७ प्रतिशतभन्दा कम छ । सबैभन्दा धेरै आधार बेस रेट हुनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको यस्तो रेट ७.७५ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि, बैंकहरूले लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधार दर पनि क्रमशः घट्दै गएको छ। आधार दरमा निश्चित प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने भएकाले, आधार दर घट्दा कर्जाको ब्याजदर पनि स्वाभाविक रूपमा घट्ने गर्छ।