चाडपर्वहरूले एकता, मेलमिलाप, शान्ति र सौहार्दता अभिवृद्धिमा सघाउ पुर्याउछ : प्रदेश प्रमुख देवकोटा

राजनीति समाचार

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहीबार परेको सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले चाडपर्वहरू सांस्कृतिक सम्पन्नताका परिचयात्मक भएको उल्लेख गर्दै यस्ता पर्वहरूले एकता, मेलमिलाप, शान्ति र सौहार्दता अभिबृद्धिमा सघाउ पु¥याउने सन्देशमा उल्लेख गरेका छन् ।

‘सोनाम ल्होसार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु’ देवकोटाको शुभकामना सन्देशमा भनिएको छ ।

नेपालमा खासगरी मध्य भागको हिमाली, उच्च पहाडी र पहाडी भुभागमा बसोबास गर्ने संस्कृतिका धनी तामाङ समुदायले सोनाम ल्होसार पर्वलाई नाचगान, आफन्त भेटघाट र खानपिन गरेर रमाइलोका साथ मनाउने प्रचलन छ ।