टर्कीका विदेशमन्त्री हाकान फिदानले इराकको भ्रमण गर्नुभएको छ । इराक भ्रमणमा इराकी विदेशमन्त्री फुआद हुसेनसँग भेट गर्नुभएको हो । इराकी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार दुवै पक्षले द्विपक्षीय सम्बन्ध र साझा हितको सेवा गर्न अझ बढी सम्भावनाहरूमा अगाडि बढाउने तरिकाहरूबारे छलफल गरेका छन् । संयुक्त पत्रकार सम्मेलनमा हुसेनले दुवै पक्षले क्षेत्रीय मुद्दाहरू, विशेष गरी सिरियाका मुद्दाहरूबारे पनि छलफल गरेको बताउनु भयो । दुवै पक्षले साझा चासोका मुद्दाहरूमा संयुक्त समन्वयको लागि सिरियाको अन्तरिम प्रशासनसँग निरन्तर सम्पर्कमा रहेको पुष्टि गरे ।
