रुपन्देहीमा रवि लामिछानेको छुनछेक बहस आज पनि

राजनीति समाचार

काठमाडौं । सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति रवि लामिछानेको थुनछेक बहस आज (आइतबार) पनि जारी रहने छ । बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ । सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।

शुक्रबार बहस नसकिए पछि उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए । लामिछानेको तर्फबाट केही वकिलको बहस भने बाँकी रहेकाले आइतबार पनि उनी अदालतमा उपस्थित भएपछि बहस सुरू गरिन लागिएको छ । सहकारी ठगीमा पक्राउ परेका लामिछाने बुधबार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, त्यस दिनपछि हाजिरी जमानीमा रिहा भइरहेका छन् ।

यसअघि माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ र पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा कास्की जिल्ला अदालतले लामिछानेलाई रिहा गरेका थिए ।