राष्ट्रिय पुरुष बास्केटबल : फाइनलमा बागमती र गण्डकी भिड्ने

खेलकुद

मंगलबार (आज)पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलका दुई खेल सम्पन्न भएका छन् ।

पहिलो सेमि फाइनल खेल लुम्बिनी र बागमतीबीच भएको थियो भने दोस्रो खेल गण्डकी र कर्णालीबीच भएको थियो ।

सेमिफाइनलमा लुम्बिनीविरुद्ध बागमती र कर्णालीविरुद्ध गण्डकीले जित हासिल गरेर फाइनलमा स्थान बनाएका छन् ।

भोलि(बुधबार)पोखरा रंगशालामा बागमती प्रदेश र गण्डकी प्रदेशबीच फाइनल खेल हुदैँछ ।