कुमारी बैंकले लाभांश वितरण नगर्ने

अर्थ समाचार

काठमाडौं : कुमारी बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।  बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समिति  बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि  नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । कुमारी बैंकले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।