।सर्लाहीमा बस पल्टिँदा किचिएर सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु भएको छ ।
तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधर माथि बजारिँदा निजको मृत्यु भएको छ ।
मंगलबार राति बागमती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको छ ।
प्रहरीले घटनास्थल बाट बसचालक सहित तीन जनालाई पक्राउ गरेको छ ।



