परराष्ट्रमन्त्री राणा भारतको नया दिल्लीमा

राजनीति समाचार

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छन् । राणा आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् । जर्मनीबाट बुधबार प्रस्थान गरेकी उनी आज बिहान नयाँदिल्ली पुगेकी हुन्।

अनौपचारिक भनिएको यस भ्रमणमा परराष्ट्रमन्त्री डा. आरजु राणाले समकक्षी एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने सभावना रहेको छ | साथै राणाको यस भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति पनि तय हुन् सक्ने जानकारहरुले बताएका छन |