रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफी चाहन्छु: डा. निकोलस भुसाल

समाचार

रास्वपा सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको स्वीकार गरेका छन्। आफ्नो  यस कार्यमा कुनै खराब नियत नरहेको बताउँदै गल्ती महसुस गरेपछि माफी मागेको उनले बताएका छन |

उनका अनुसार, आफू रवि लामिछानेको स्वास्थ्य परीक्षणका लागि हिरासतमा गएको बेला प्रहरीले उपस्थित रहँदै फोटो खिचेका थिए। भुसालले फोटो खिच्नुको उद्देश्य रविको स्वास्थ्य अवस्था ठिक रहेको प्रमाणित गर्न मात्र भएको बताएका छन्।
आज फेसबुक पोस्ट मार्फत डा. निकोलस भुसालले माफी मागेका हुन् ।